२०७८ असोज ११ गते सोमवार

यस वर्षको एसईई परीक्षा जेठमा गराउने तयारी शुरु



१६ पुस,घोराही ।
यस वर्षको एसईई परिक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठ महिनामा एसईई सञ्चालन गर्न सक्ने गरी तयारी शुरु गरेको जनाएको छ ।

बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले अहिलेसम्मको अवस्था हेर्दा जेठसम्म परीक्षा गर्न सकिने सम्भावना देखिएकाले तयारी थालेको जानकारी दिनुुभयो ।

चैत–वैशाखसम्म विद्यार्थीले पठनपाठनमा समय दिनुपर्ने अवस्था रहेको र असार–साउनमा वर्षा हुने भएकाले जेठ महिना परीक्षाका लागि उपयुक्त हुने देखिएको उहाँले बताउनुुभयो ।

तर सरकारले यस पटक शैक्षिक सत्र कहिले शुरु हुने र कहिले सकिने भन्ने स्पष्ट नीतिगत निर्णय गरेको छैन । विगतमा वैशाखमा शैक्षिक सत्र शुरु भएर चैतमा सकिने भए पनि यस वर्ष कोरोना भाइरसका कारण विद्यायय खुल्न नसक्दा शैक्षिक सत्रसमेत यकिन हुन सकेको छैन ।

वैकल्पिक विधिबाट विद्यालय तहको पठनपाठन सञ्चालनमा ल्याइएको छ । बोर्डले यस पटकको परीक्षा कुन विधिबाट सञ्चालन गर्ने भन्ने कुराको पनि स्पष्ट निर्णय गर्न सकेको छैन ।।

प्रकाशित मिति : २०७७ पुष १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्