२०७८ असोज १ गते शुक्रवार

प्रतिनिधीसभा पूर्नःस्थापना हुदैन : नेता बस्नेत



१६ पुस,घोराही ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा केपी शर्मा ओली पक्षका नेता तथा पूर्बमन्त्री महेश बस्नेतले विघटन भैसकेको प्रतिनिधीसभा पूर्नस्थापना नहुने जिकिर गर्नुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल दाङले आज घोराहीको गणेश चित्रालयमा आयोजना गरेको बृहत युवा भेला प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बस्नेतले सरकारले बैशाखमा तोकेको चुनावको तयारीमा जुट्न समेत आग्रह गर्नुभएको छ ।

विधि र पद्धतीबाट नचली पदको लोभमा पुष्पकमल दाहाल र माधबकुमार नेपाल पक्षले प्रधानमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताब ल्याउन खोज्नु जनमतको अपमान हुने भएपछि जनताको सम्मानमा जनतामै जाने निर्णय लिईएको बताउनुभयो ।

अब चुनाब नै हुन्छ भन्नेमा नेपाली कांग्रेसका सभापती सेरबहादुर देउवाले बुझेकाले नै न्यायलयको निर्णय मान्ने बताईसकेको उल्लेख गर्नुभयो । महाधिबेशन सम्म पार्टीको जिम्मेवारी सम्हाल्न नसक्नु र अबको २ बर्ष प्रधानमन्त्री कुर्न नसक्नु नै प्रचण्डको पार्टी फुटाउने रणनिती भएको आरोप लगाउनुभयो ।

साथै उहाँले प्रचण्ड र नेपालको एकता पनि क्षणिक भएको र अन्तत पूर्ब एमालेका नेताहरु केपी ओलीकै पक्षमा आउने दावी समेत गर्नुभयो ।

कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाएरै अघि बढ्न आफुहरु तयार रहेको तर केपी ओलीलाई कमजोर बनाएर भने कुनै शक्ति सँग सहकार्य नहुने स्पष्ट पार्नुभयो । सूर्य चिन्ह र पार्टी कार्यालयहरु आफुहरुको दावी समेत गर्नुभएको छ ।

देवु बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेता बस्नेतले केपी ओली नै बैधानिक पार्टीको अध्यक्ष, सूर्य चिन्ह र पार्टी कार्यालयहरु भएको दावी गर्नुभएको हो । कार्यक्रम हुनु पूर्ब युवा संघले घोराही बजारमा ¥याली निकालेको थियो ।।

प्रकाशित मिति : २०७७ पुष १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्