२०७८ मङ्सिर १६ गते बिहिवार

घोराही ११ वडाका ३७ जना जेष्ठ नागरिकहरुलाई सम्मान



१५ पुस,घोराही ।
घोराही उपमहानगरपालिका वडा नम्वर ११ ले आज जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडाका ३७ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।

वडाध्यक्ष कुलबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी रहनु भएको थियो । वडाको नियमिती कार्यक्रम अनुसार जेष्ठ नागरिकहरुलाई लौरी र दोसल्ला ओढाईएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिती चौधरीले जेष्ठ नागरिकको सम्मान गर्नु सबैको दायित्व भएको बताउनु भएको छ । वडा भित्रका जेष्ठ नागरिकहरुको सम्मान गर्नु गर्वको बिषय रहेको उहाँको भनाई छ ।

वडा सदस्य ज्ञानेन्द्र बहादुर बिसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिव लक्ष्मी बहकरीले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७७ पुष १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्