२०७८ बैशाख ७ गते मङ्गलवार

प्रधानमन्त्री कपमा प्रदेश १ ले सुदूरपश्चिमलाई ५ विकेटले हरायो



१५ पुस, दाङ । प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश १ ले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराएको छ ।

लगातार दोस्रो जितसँगै प्रदेश १ को सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ । दाङको लमहीमा सुदूरपश्चिमले दिएको ५४ रनको लक्ष्य प्रदेश १ ले १५ ओभर १ बलमा ५ विकेट गुमाएर भेटायो । प्रदेश १ को लागि रुविना क्षेत्रीले सर्वाधिक १२ रन बनाइन् । सुदूरपश्चिमकी दीपा जोराले २ विकेट लिइन् ।

यसअघि खराब मौसमका कारण १६ ओभरमा छोट्याइएको खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिममले ८ विकेट गुमाएर ५३ रन बनाएको थियो । उसका लागि कविता जोशीले सर्वाधिक १४ रन बनाइन् । प्रतियोगितामा अहिले वाग्मती प्रदेश र गण्डकी प्रदेश खेलिरहेका छन् । समूह १ बाट एपीएफ र लुम्बिनी सेमिफाइलनमा पुगिसकेका छन् । समूह बी बाट अहिलेसम्म सबै टोलीले सेमिफाइलनको सम्भावना कायमै छ ।

प्रकाशित मिति : २०७७ पुष १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्