२०७८ बैशाख २ गते बिहिवार

संसद विघटनविरुद्ध कांग्रेसद्धारा दाङ सहित देशैभर प्रदर्शन



१३ पुस,घोराही ।
नेपाली कांग्रेसले संसद विघटनविरुद्ध आज दाङ सहित देशैभर प्रदर्शन र सभा गरेको छ । पुस ९ गतेको पार्टी केन्द्रीयसमितिकोनिर्णय अनुसार नेपाल कांग्रेसले संसद विघटन विरुद्ध आजबाट देशभर सडक आन्दोलन सुरु गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित दाङका ३ निर्वाचन क्षेत्र सहित देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको छ ।

नेपाली कांग्रेसले घोराही, तुलसीपुर र लमहीमा विरोध प्रदर्शन गर्दै सभाको आयोजना गरि संसद कुनै पनि हालतमा पुनःस्थापना हुनुपर्ने माग गरेको छ ।
विरोधसभामा बोल्ने कांग्रेसका नेताहरुले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको भन्दै त्यो कुनै पनि हालतमा स्विकार्य नहुने बताएका छन् । नेताहरुले सरकार अलोकतान्त्रिक बाटोमा हिड्न खोजेको र त्यसलाई रोक्न सबैलाई आह्वान समेत गरेको छ ।

यसैविच संसद् विघटनविरुद्ध बृहत नागरिक समूहलेआज पनि प्रदर्शन गरेको छ । समूहको साताव्यापी विरोध कार्यक्रम स्वरुप माइतीघरमा आज डम्फू बजाउदै सभाको आयोजना गरेकोहो । कार्यक्रममा विभिन्न लेखक, कवि, कलाकार एवं नागरिकहरुको सहभागिता थियो ।

बृहत् नागरिक आन्दोलनले समूहले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै अस्ती माइतीघर मण्डलमा शंख फुकेर प्रदर्शन गरेको थियो ।

संसद विघटन पछि सत्तारुढ नेकपाकै प्रचण्ड— नेपाल समूह पनि सडक आन्दोलनमा छ । उक्त समूहले भोलि दाङ सहित विभिन्न जिल्लामा विरोधसभा गर्दै छ ।।

प्रकाशित मिति : २०७७ पुष १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्