२०७८ साउन १३ गते बुधवार

श्रीमानको हत्या गरि श्रीमति पुगिन प्रहरीमा



१३ पुस,रुकुम ।

रुकुममा आफ्नो श्रीमानलाई चक्कु तथा खुकुरी प्रहार गरि हत्या गरेको आराेपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

सदरमुकाम मुसिकोट नगरपालिका वडा नं.०८ घोरखानी किटेनी गाँउ स्थि बर्ष ५० की डल्ली बुढाले घरायसी बिवादमा आफ्नै श्रीमान बर्ष ३९ को चित्र बहादुर थापाको शरिरमा धारिलो हतियार खुकुरी तथा चक्कु प्रहार गरी आफ्नै घर कोठामा मारी छाडेर प्रहरीलाई खबर गर्न आएको अवस्थामा प्रहरीले पक्राउ गरेको हाे ।निज अभियुक्तले आफैंले हत्या गरेको स्विकार्दै प्रहरी समक्ष आएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रहरी निरिक्षक कपिल शाहीको कमाण्डमा खटिएको प्रहरी अनुसन्धान टोलिले मृतकको शव निजकै घर भित्र फेला पारी प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी पाेस्ट मार्टमकाे को लागि जिल्ला अस्पताल सल्ले रुकुम पठाएको जानकारी दिएको छ ।घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ पुष १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्