२०७८ मङ्सिर १६ गते बिहिवार

तुलसीपुरमा यात्रु बनेर अटोमा चढे, बीच बाटोमा खुकुरी प्रहार गरे



१२ पुस,घोराही।
तुलसीपुरमा अटोमा चढेका यात्रुहरुले चालकमाथि खुकुरी प्रहार गरि लुटपाट गरेका छन् ।

पश्चिमबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ह २५४६ नम्बरको अटोलाई अपरिचीत ४ जना अटोमा बसेर आधा बाटो आएपछि चालकलाई खुकुरी प्रहार गरी २५ सय रुपैयाँ लुटपाट गरेको बताईएको छ ।

अटो चालक तुलसीपुर २ खैरीपुर निबासी २६ बर्षका तेजबहादुर नेपालीलाई खुकुरी प्रहार गरेर लुटपाट गरी उनीहरु फरार भएका हुन् । फरार रहेकाको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ । घाइते नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि डिस्र्चाज भएका छन् ।।

प्रकाशित मिति : २०७७ पुष १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्