२०७८ जेष्ठ २ गते आइतवार

पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि



१२ पुस, दाङ । पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३८२८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार पुगेको छ । उनीहरुमध्ये २ लाख ४९ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् भने १८२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ६ हजार ४९३ संक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : २०७७ पुष १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्