२०७८ कार्तिक ९ गते मङ्गलवार

नेकपा ओली समुहद्धारा दाङमा चार सय बढिलाई जिल्ला कमिटिमा मनोनित



१२ पुष, दाङ । प्रधानमन्त्री केपी शर्मा ओली समुहको नेकपाको दाङ जिल्ला कमिटीमा चार सय भन्दा बढिलाई मनोनित गरिएको छ । पाटीको जिल्ला कार्यालय सदस्य हुकुम बस्नेतको अध्यक्षतामा आईतवार घोराहीमा बसेको भेलाले ४ सय ७० जनालाई जिल्ला कमिटि सदस्यमा मनोनयन गरेको हो । नेकपाको जिल्ला कमिटिको बहुमत सदस्यहरुको हस्ताक्षरबाट उनीहरुलाई जिल्ला कमिटिमा मनोनयन गरिएको हो ।

यसका साथै मनोनित गरिएका सदस्यहरुले शपथ ग्रहण गरेका छन् । भेलाले प्रधानमन्त्री ओलीको प्रस्तावमा राष्ट्रपतिले गरेको संसद विघटनलाई स्वागत समेत गरेको छ भने २०७८ बैशाख १७ र २८ गते हुने मध्यावधी निर्वाचनको तयारीका लागी गतिविधि सन्चालन गर्ने निर्णय भएको छ ।

भेलाको सहजीकरण नेकपा सचिवालय सदस्य मनोहर बुढाथोकीले गर्नुभएको थियो भने स्वागत मन्तव्य सचिबालय सदस्य विवेक श्रेष्ठले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७ पुष १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्