२०७८ बैशाख ६ गते सोमवार

रोल्पाको घर्तिगाउँ नजिकै जिप दुर्घटना



११ पुस,घोराही ।
आज रोल्पामा जिप दुर्घटना भएको छ । लु १ ज १९६८ नम्वरको जिप जिल्लाको लिवाङ हुदै माडीगाउँपालिका वडा नम्बर ५ तर्फ जादै गर्दा घर्तिगाउँ नजिकै दुर्घटनामा परेको हो । ।

उक्त दुर्घटनामा परि ८ जना घाइते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भिर र ६ जना सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घाइते २ जनाको जिल्ला अस्पताल रेउघा र बाँकि ६ जनाको स्थानीय स्वास्थ्य चौकी घर्तीगाँउमा उपचार भईरहेको प्रहरीको भनाई छ । दुर्घटनामा परि माडी गाउँपालिका ५ बस्ने जीवनमाया घर्तिमगर गम्भीर घाइते हुनुभएको छ भने अन्य विस्तृत विवरण आउन बाँकी रहेको बताईएको छ । उक्त दुर्घटना शनिवार दिउँसो करिब साढे ४ बजे तिर भएको हो ।

प्रकाशित मिति : २०७७ पुष ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस्