२०७८ जेष्ठ २ गते आइतवार

संगठन परिचालन र विस्तारमा प्रचण्ड–नेपाल समूहको जाेड



११ पुस,घोराही । नेपाल कम्युनिष्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले संगठन परिचालन र विस्तारलाई तिव्रता दिने निर्णय गरेको छ । पार्टीको सांगठनिक कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले संगठन परिचालन र विस्तारलाई तिव्रता दिने निर्णय गरेको हो ।

नेकपा दुई समूहमा विभाजन भएपछि प्रचण्ड–नेपाल समूहको बसेको पहिलो सचिवालय बैठकमा आगामी रणनीति, संगठन, जिम्मेवारी बाँडफाँड र आन्दोलनका कार्यक्रम बारेसमेत छलफल भएको जनाइएको छ । बैठकमा अध्यक्ष प्रचण्डले नेता वामदेव गौतमसँग भएको छलफल बारे पनि ब्रिफिङ गर्नुभएको थियो ।

बैठकमा अध्यक्षयद्धय प्रचण्ड र नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा दुई समूहमा विभाजित छ । ओली समूह चुनावी रणनीतिमा लागेको छ भने प्रचण्ड–नेपाल समूह प्रतिनिधि सभा विघटन संविधान विपरित भन्दै सडक आन्दोलनमा छ ।

प्रकाशित मिति : २०७७ पुष ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस्