२०७८ मङ्सिर १५ गते बुधवार

६ सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, ९ जनाको मृत्यु



१० पुस, दाङ । गएको २४ घण्टामा आठ सय ९२ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या दुई लाख ४८ हजार दुई सय ९२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चार हजार एक सय ४२ जनाको पीसीआर परीक्षण भएकोमा ६ सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म दुई लाख ५७ हजार दुई सय जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

यस्तै गएको २४ घण्टामा नौ जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १८ सय १६ पुगेको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ९२ छ ।

त्यस्तै क्वरेण्टीनमा रहनेको सङ्ख्या तीन सय ६९ छ ।

प्रकाशित मिति : २०७७ पुष १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्