२०७८ भाद्र ३१ गते बिहिवार

नेकपा दाङद्धारा प्रतिनिधि सभा विघटन गर्ने कदमको भत्र्सना



९ पुस, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी समिति सदस्य शंकर पोखरेलको गृह जिल्ला दाङको जिल्ला कमिटी नेतृत्वले प्रतिनिधि सभा विघटन गर्ने कदमको भत्र्सना गरेको छ ।

नेकपा दाङ इन्चार्ज जीवन गौतम, जिल्ला अध्यक्ष टिकाराम खड्का र सचिव तुल्सीराम पुनले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीमा दक्षिणपन्थी विचलन आएको र प्रतिक्रियावादी शक्तिबाट परिचालित भएको आरोप लगाएका छन् ।

 

प्रधानमन्त्री ओलीको कदमले कम्युनिष्ट आन्दोलनमाथि गद्दारी भएको भन्दै यसविरुद्ध एकजुट हुन र पार्टी एकताबाट विचलित नहुन कार्यकर्तालाई अपील गरिएको छ ।

केन्द्रीय सदस्य पद अस्वीकार

यसैबीच जिल्ला अध्यक्ष टिकाराम खड्कालाई ओली समूहले केन्द्रीय सदस्यमा मनोनित गरेकोप्रति पनि खड्काले आपत्ति जनाएका छन् । पार्टी फुटाउने कुत्सित उद्देश्यले अल्पमत सदस्यहरुको बैठक बसेर आफूखुशी केन्द्रीय सदस्य मनोनित गरिएको भन्दै उनले उक्त पद अस्वीकार गरेको बताए ।

‘म नेकपा दाङको जिल्ला अध्यक्ष हुँ, जसलाई जतिबेला मनलाग्यो उतिबेला बाँड्दै हिँड्ने सरकारी नियुक्ति जस्तो हो र कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य पद रु’ खड्काले भने, ‘सबैतिर अल्पमतमा परेपछि पार्टी फुटाउन बहुमत देखाउने नियतले गरिएको कथित केन्द्रीय सदस्य पद स्वीकार्ने सवालै हुन्न ।’

प्रकाशित मिति : २०७७ पुष ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्