२०७८ असोज ८ गते शुक्रवार

ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ६ जना नियन्त्रणमा



८ पुस,सुर्खेत ।

ट्राफिक प्रहरीहरुलाइ आर्थिक प्रलोभनमा पार्न खोज्ने ६ जनालाई सुर्खेत ट्राफिक प्रहरीले प्रहरी पक्राउ गरेको छ । मंगलबार सुर्खेत भेरीगंगा नगरपालिका वडा नं १३ भेरीपुल स्थित सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । ट्राफिक नियम उल्लङघन गर्ने सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत कारवाही गर्न खोज्दा सवारी चालक र सह-चालकहरुले  प्रहरीलाई आर्थिक प्रलोभनमा पारी नगद रकम दिन खोज्दा ६ जनालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले प्रकाउ गरेको हो ।

ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यका अनुसार पक्राउ पर्नेमा कैलालीका बिबेक सिंह,अर्घाखाँचीका कमल पुन,चितवनका कृष्ण बहादुर नेपाली,बाँकेका सुनिल विश्वकर्मा,बाँकेकै प्रमोद बि।क र सुर्खेतका कमल रजा रहेको ट्राफिक प्रमुख आचार्य भनाइ छ ।

पक्राउ परेका ६ जनालाई कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाईएको ट्राफिक प्रमुख आचार्य बताएका छ्न । यस्ता ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाउने जोकोहीलाई पनि कडा कदमका साथ कारबाही गरिने ट्राफिक प्रमुख आचार्य भनाई छ ।

प्रकाशित मिति : २०७७ पुष ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्