२०७८ मङ्सिर १३ गते सोमवार

दाङमा ३३ सय ६४ पुगे कोरोना संक्रमित



८ पुस,घोराही ।
दाङमा कोरोना संक्रमितको संख्या ३३ सय ६४ पुगेको छ । स्वास्थ्य कार्यालय दाङले अध्याबधिक गरेको तथ्यांक अनुसार कुल संक्रमित ३३ सय ६४ मध्य ३१ सय ९५ जना कोरोना मुक्त भैसकेका छन् ।

जिल्लामा अहिले एक सय २५ जना सकृय संक्रमित छन् । ति मध्य ९४ जना घरमै र ३१ जना संस्थागत आइसोलशेनमा रहेको कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभएको छ ।

संक्रमित मध्य अहिले सम्म ४४ जनाको कोरोनाका कारण मृत्युभएको छ । दाङमा अहिले सम्म २३ हजार ४६ जनाको पिसिआर परिक्षण भएको छ ।।

 

प्रकाशित मिति : २०७७ पुष ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्