२०७८ बैशाख ५ गते आइतवार

राष्ट्रिय जनमोर्चाद्धारा दाङमा विरोध सभा



८ पुस,घोराही । 
प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै आज राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुुरीले विरोध सभा गरेको छ । दाङको घोराहीकोमा आज एक कार्यक्रमको आयोजना गरि विरोध सभा सम्पन्न गरेको हो । सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सुुरेश थापाले नेपालमा अहिले दुुरभाग्य घटना भएको र अव नेपाली जनताले यसको प्रतिकार र खबरदारी गर्ने समय आएको बताउनुुभएको छ । जनताको पक्षमा भन्दा पनि आफ्नो उद्धेश्य प्राप्तीको लागी राजनितिमा लडाई चलिरहेको उहाँले आरोप लगाउनुुभएको छ ।

 

त्यसैगरि सभालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष गणेश आचार्यले आफ्ना मान्छेलाई नेतृत्वमा लैजान केपी शर्मा ओलीको जुन कदम छ त्यो निकै निन्दनिय रहेको बताउनुुभएको हो । कार्यक्रमको सहजिकरण राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङका सदस्य शुुुसिल पोख्रेलले गर्नुुभएको थियो ।।

प्रकाशित मिति : २०७७ पुष ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्