२०७८ मङ्सिर १६ गते बिहिवार

संसद पुनःस्थापनाको माग गर्दै जसपाको घोराहीमा प्रर्दशन



८ पुस,घोराही ।
प्रतिनिधीसभाको पुनःस्थापना हुनुपर्ने माग गर्दे जनता समाजवादी पार्टीले आज दाङ सहित देशका विभिन्न जिल्लामा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै सो पार्टीले विरोध प्रदर्शन गरेको हो ।

यतासमाजबादी पार्टी दाङले घोराहीमा प्रर्दशन गर्दै संसद पुनःस्थापनाको माग गरेको छ । गुम्राह चोकबाट सुरुभएको बिरोध ¥याली बजारको परिक्रमा गर्दै घोराही चोकमा पुगेर कोण सभा गरेको हो ।

सभामा बोल्ने समाजबादी पार्टीका नेताहरुले सरकारबाट भएको संसद बिघटनको कमद असंबैधानीक भएको ठहर गर्दै पुनःस्थापना हुनुपर्ने माग गरेका छन् ।

जनमतको बर्खिलाप र राष्ट्रघाती कदम भएको भन्दै कुनै पनि हालतमा न्यायलयले यसलाई सच्याउनु पर्नेमा जोड दिएका छन् । समाजबादी पार्टीका जिल्ला अध्यक्ष होम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बक्ताहरुले संविधान माथी कू भएको भन्दै नेकपाको आन्तरीक किचलोले देशलाई बर्बादी तर्फ लैजान नहुनेमा समेत ध्यानआकर्षण गराएका छन् ।

कार्यक्रममा समाजबादीका केन्द्रिय सदस्यहरु सोमराज जनैदार, सरुण बाठामगर, नेताहरु कुलबहादुर घर्ती, कृष्ण बैरागी, पार्टीका पूर्ब जिल्ला उपाध्यक्ष जगतराम यादब र समाजबादी विद्यार्थी युनियनका केन्द्रिय उपाध्यक्ष रीता यादबले आ आफ्नो धारणा राख्नुभएको थियो ।।

प्रकाशित मिति : २०७७ पुष ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्