२०७८ असार ८ गते मङ्गलवार

देउखुरीमा मल बिक्रीवितरण गर्ने सहकारीहरु थपिदै



८ पुस,लमही ।

देउखुरीमा मल बिक्रीवितरण गर्ने सहकारीहरु यस बर्ष थप भएको कृषि समाग्री कम्पनी लिमिटेड लमही साखाले जनाएको छ । गत बर्ष ३३ वटा मात्रै थिए भने यश बर्ष थप भएर कुल संख्या ४५ वटा पुगेको कम्पनीका नि,प्रमुख धनश्याम कहारले जानकारी दिनुभएको छ ।जनताको चाहाना धेरै भएकाले पनि सहजतरिकाले सेवा दिनका लागि र अन्य सहकारीहरुले बिक्रीवितरण गरिरहेको देखासिखिका कारण पनि सहकारीहरु मल बिक्रीवितरण गर्न तर्फ लागि परेका हुन ।

सुरु सुरुमा ५ वटा सहकारी मार्फत मल बिक्रीवितरण गर्न सुरु गरेको कम्पनीमा अहिले ४५ वटा विभिन्न सहकारी मार्फत मल बिक्रीवितरण गरिरहेको छ । देउखुरीमा जम्मा ८८ वटा विभिन्न उदेश्य बोकेका सहकारिहरु रहेको जिल्ला बचत सहकारी संधका कोषाअध्यक्ष हरि भुसालले बताए ।

प्रकाशित मिति : २०७७ पुष ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्