२०७८ कार्तिक ९ गते मङ्गलवार

पछिल्लो २४ घण्टामा थप ७ सय २२ जनामा कोरोना पुष्टि



७ पुस,। नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा १, उदयपुरमा ३, ‌ओखलढुंगामा २, खोटाङमा १, झापामा ५, ताप्लेजुङमा १, तेह्रथुममा २, धनकुटामा १, भोजपुरमा १, मोरङमा ४०, सुनसरीमा २६, सोलुखुम्बुमा १, धनुषामा ४, बारामा १, काठमाडौँमा ३००, काभ्रेमा २३, चितवनमा ३७, दोलखामा ४, धादिङमा १, नुवाकोटमा ४, भक्तपुरमा २३, मकवानपुरमा १८, ललितपुरमा ४२ र सिन्धुपाल्चोकमा ३ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै सिन्धुलीमा २, कास्कीमा ३१, गोरखामा ३, तनहुँमा ९, नवलपरासीपूर्वमा ६, लमजुङमा ३, वागलुङमा ३, स्याङ्जामा ४, अर्घाखाँचीमा ५, कपिलवस्तुमा १, गुल्मीमा ६, दाङमा ५, नवलपरासीमा ७, पाल्पामा ६, बर्दियामा १२, बाँकेमा ८, रुपन्देहीमा २०, कालिकोटमा १, जाजरकोटमा २, जुम्लामा १, डोल्पा ३, दैलेख ३, सल्यान २, सुर्खेतमा १४, अछाममा २, कैलालीमा ३, डडेल्धुरामा ४, बझाङमा ४ र बैतडीमा ८ जनामा कोरोना पुष्टि भएको छ।

प्रकाशित मिति : २०७७ पुष ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्