२०७८ जेष्ठ १ गते शनिवार

नौ सय ६६ जना कोरोनामुक्त, सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ७ सय २९



७ पुस, दाङ । गएको २४ घण्टामा नौ सय ६६ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या दुई लाख ४५ हजार सात सय नौ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा सात हजार जनाको पीसीआर परीक्षण गरिएकोमा सात सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म दुई लाख ५५ हजार दुई सय ३६ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

यस्तै गएको २४ घण्टामा तीन जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १७ सय ९८ पुगेको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार सात सय २९ रहेको छ ।

प्रकाशित मिति : २०७७ पुष ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्