२०७८ जेष्ठ ३ गते सोमवार

नेकपाको केन्द्रीय सदस्यमा राष्ट्रिय सभा सदस्य कोमल ओली मनोनित



७ पुस, दाङ । नेकपाको केन्द्रीय सदस्यमा राष्ट्रिय सभा सदस्य कोमल ओली मनोनित भएकी छन् । प्रधानमन्त्री निबास बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले राष्ट्रिय सभा सदस्य ओलीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

दाङबाट केहि चर्चामा आएका र विगतमा ओझेलमा परेका नेताहरूलाई ओली समूहले आफ्नो पक्षमा तानेपछि माधव नेपाल र पुष्पकमल दहाल प्रचण्ड पक्षमा खैलाबैला मच्चिएको छ । ओली समुहमा गएकाहरु अधिकांस माधव लाइनका हुन् । बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको थियो ।

प्रकाशित मिति : २०७७ पुष ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्