२०७८ असार ८ गते मङ्गलवार

तुलसीपुरका मेयर घनश्याम पाण्डे ओली समूहको केन्द्रीय सदस्यमा मनोनित



७ पुस, दाङ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली समूहको बैठकले तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेलाई केन्द्रिय कमिटिको सदस्यमा मनोनित गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले दाङबाट घनश्याम पाण्डे, टोपेन्द्र केसी, छविलाल वली, शोभाराम बस्नेत लगाएतलाई मनोनित गर्ने निर्णय गरेको हो ।

ओली समूह बैठकले पछि १९७ थप गर्ने गरी साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय विस्तार गरेको छ । बैठकले २०७८ मंसीर २ मा महाधिवेशन गर्ने निर्णय गरेको छ भने पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ता तोक्ने निर्णय समेत ओली समुहले गरेको छ । नेकपा भित्रको विवाद उत्कर्षमा पुगेपछि पाटी संकटमा परेको छ ।

प्रकाशित मिति : २०७७ पुष ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्