२०७८ बैशाख ५ गते आइतवार

आम जनतामा विश्वास दिलाउन बाइडेनले टेलिभिजन लाइभ गर्दै भ्याक्सिन लगाए



७ पुस,काठमाडौँ । अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडेनले कोरोनाको भ्याक्सिन लगाएका छन् । कोरोनाको भ्याक्सिन कति सुरक्षित छ या छैन भन्ने बारे आम जनतामा अन्योलता भएका बेला बाइडेन टेलिभिजन लाइभ गर्दै भ्याक्सिन लगाएका थिए ।

उनले भ्याक्सिन लगाएर सुरक्षित हुने संदेश दिन मिडियामा प्रत्यक्षरुपमा भ्याक्सिन लगाएको बताएका छन् ।

बाइडेनले आफुले आम मानिसहरु आफ्नो पालो आउदा भ्याक्सिन लगाउन तयार रहुन भन्नका लागि यस्तो गरेको बताए । उनले आफ्नो गृह राज्य डेलावेरको न्युआर्कमा भ्याक्सिन लिएका थिए ।

साथै बाइडेन राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई देशमा भ्याक्सिन कार्यक्रम शुरु गरेकोमा केहि जस जानु पर्ने समेत बताए ।

बाइडेनकी श्रीमती जील बाइडेनले पनि कोरोनाको भ्याक्सिन लिएकी छन् । त्यस्तै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले भने अर्को साता मात्र भ्याक्सिन लिने बताइएको छ ।

बाइडेनले आआफ्नो कार्यकाल शुरु भएको सय दिनमा सय मिलियन भ्याक्सिन लगाउने लक्ष्य बनाएका छन् ।

अमेरिकामा फाइजरले बनाएको भ्याक्सिन अहिले लगाइरहिएको छ भने मोडेरनाको भ्याक्सिनले पनि अनुमति पाइसकेको छ र आउदो आइतबारबाट मात्र लगाउन शुरु गरिने बताइएको छ । अमेरिकामा अहिलेसम्म एक करोड ८० लाख भन्दा बढी कोरोना संक्रमित भएका छन् भने ३ लाख १९ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ पुष ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्