२०७८ जेष्ठ ३ गते सोमवार

१ हजार ७९ जना कोरोना मुक्त, ७४२ जनामा संक्रमण



घोराही, ६ पुस ।

नेपालमा आज एक हजार ७९ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या दुई लाख ४४ हजार सात ४३ पुगेको छ ।

वितेको २४ घण्टामा ६ हजार तीन सय ५१ जनाको पीसीआर परीक्षण गरिएकोमा सात सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म दुई लाख ५४ हजार पाँच सय १४ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १७ सय ९५ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या सात हजार नौ सय ७६ रहेको छ ।।

प्रकाशित मिति : २०७७ पुष ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्