२०७८ बैशाख २ गते बिहिवार

सरकारलाई कामै गर्न नदिएपछि बाध्य भएर संसद् विघटन गरेँ : ओली



६ पुस, दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कामै गर्न नदिएपछि बाध्य भएर संसद् विघटन गरेको दाबी गर्नुभएको छ ।

सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै ओलीले आफ्नै पार्टीका केही नेताको सत्ता लोभको कारण सरकार र पार्टीलाई बन्दी बनाउने काम भएको परिणाम स्वरूप आफूले नयाँ कदम चालेको ओलीको भनाइ छ ।

सरकारले राम्रा काम गर्दा गर्दै पनि षड्यन्त्रका जाल बुनेर खेद्ने प्रयास भएकोप्रति ओलीले आपत्ति जनाउनुभएको छ ।

आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ‌ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको थियो । पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हो ।

पार्टीभित्र सहमतिको प्रयास भइरहेको बेला प्रधानमन्त्री ओलीले अचानक यो निर्णय गर्नुभएको हो । प्रधानमन्त्रीको यो निर्णयसँगै राजनीतिले नयाँ मोड लिएको छ ।

प्रकाशित मिति : २०७७ पुष ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्