२०७८ बैशाख २ गते बिहिवार

पछिल्लो समय तुलसीपुरमा कोरोनाका बिरामीहरु घट्दै



६ पुस । तुलसीपुरमा विगतको एक हप्ता देखि दैनिक एक दुई जनामा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि हुदै आएको छ । बितेको २४ घण्टामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक १५/२० जनाको पिसिआर परिक्षण गर्दा १/२ जनामा मात्रै कोरोना भाइरस पोजेटिभ देखिएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले बताए ।

त्यस्तै बितेको २४ घण्टामा तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का ४६ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । योसंगै तुलसीपुरमा संक्रमण पुष्टि हुनेको संख्या ७९१ जना पुगेको छ । जसमध्य ५१ जना संक्रिय संक्रमित रहेका छन् भने कोरोना संक्रमण मुक्त हुनेको संख्या ७४० जना रहेको छ । साथै तुलसीपुरमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।
त्यस्तै संक्रिय संक्रमित मध्य चार जना कोरोना विशेष अस्पताल बेल्झुण्डीमा उपचारार्थ छन् भने ४७ जना होम आइसोलेसनमा बसेका छन् ।
साथै स्वास्थ्य मन्त्रालयले लक्षण विहिन कोरोना संक्रमितलाई १० दिनमा कोरोना मुक्त गर्ने घोषणा गरेको छ ।

प्रकाशित मिति : २०७७ पुष ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्