२०७८ असोज १ गते शुक्रवार

कृषिमा भविश्य खोज्दै भविसरा



५ मंसिर ।

दाङमा पछिल्लो समय व्यावसायिक कृषि कर्म गर्नेहरुको संख्या बढ्दो छ । उनिहरुले बजारको माग अनुसारका कृषि उत्पादन तथा व्यावसाय गर्न थालेका छन् । विभिन्न पेशा व्यावसायमा आवद्ध भएकाहरु समेत कृषि कर्ममा रमाउन थालेको उदाहरण छ । कृषि क्षेत्रमा भएका संभावनाहरुलाई मध्यनजर गर्दे कृषि व्यावसायमा लागेको उनिहरुले बताएका छन् । शान्तिनगर गाउँपालिका १ की भविसरा घर्तीले करिव डेढ बर्ष अगाडीवाट कृषि कर्ममा रमाउन थाल्नुभएको छ । उहाँले घोराही १७ ओखरामा भविश्य लक्ष्मी बहुउद्देश्य कृषि फर्म प्राली स्थापना गर्दे व्यावसायिक लोकल कुखुरा, बदिया भाले, फाइटर भाले, टर्की, बट्टाई पालन गर्न लाग्नुभएको हो । बार्षिक १५ हजार रुपैँया तिर्ने गरी पाँच कठ्ठा जमिन भाडामा लिएर व्यावसाय थाल्नुभएको हो । उहाँको फर्ममा अहिले करिव पाँच सय बट्टाई छन् । फर्म अण्डा, बच्चा तथा मासुका लागि बट्टाई रहेको जानकारी गराउनुभयो । पाँच सय मध्ये करिव ढाई सय अण्डा पार्ने बट्टाई रहेका छन् । उत्पादीत करिव दुई सय अण्डा दैनिक रुपमा घोराही स्थित सहकारी बजार लगाएत डिपार्टमेन्ट स्टोरमा निर्यात गर्ने गरेको जानकारी गराउनुभयो । एउटा बट्टाईको अण्डालाई ६ रुपैँयाका दरले बिक्रि गर्दे आएको जानकारी गराउनुभयो । यस्तै मासुका लागि करिव डेढ सय बट्टाई रहेको जानकारी गराउनुभयो । “धेरै थिए, दैनिक २० देख २५ वटा बिक्रि भैराख्छन्, अहिले सबै करिव पाँच सय छन्, उहाँले भन्नुभयो । अन्य बच्चा बट्टाईहरु रहेका छन् ।

यस्तै उहाँले टर्कीपालन समेत गर्नुभएको छ । फर्ममा एक सय २० वटा रहेका टर्की अहिले १४÷१५ वटा मात्र बचेको जानकारी गराउनुभयो । “बजार राम्रो रहेको छ, सबै बिक्रि भैसके, अहिले थोरै मात्र बचेका छन्, उहाँले भन्नुभयो । टर्की सात सय रुपैँया केजीका दरले बिक्रि गरिरहेको जानकारी गराउनुभयो । यस्तै उहाँको फर्ममा लोकल कुखुराहरु रहेका छन् । केही समय अगाडी मात्र एक हजार तीन सय बढी कुखुरा सुर्खेत निर्यात गरिएको जानकारी गराउनुभयो । “१३ सय ४५ दिने लोकल कुखुरा सुर्खेतको एक स्थानियतहमा पठाइएको छ, २ सय ५० रुपैँया प्रति गोटाको दरले बिक्रि गरिएका हुन्”भविसराले भन्नुभयो । उहाँले केही दिनमै दुई हजार कुखुरा हुर्काउने तयारी भैरहेको जानकारी गराउनुभयो । यस्तै १५ भन्दा बढी फाइटर भाले रहेको जानकारी गराउनुभयो । “सुरुमा तुलसीपुर वाट ६ हजार रुपैँया जोडि लिएकी हुँ, उहाँले भन्नुभयो । फाइटर भालेको बच्चालाई एक हजार रुपैँयाका दरले बिक्रि गर्दे आएको जानकारी गराउनुभयो । उहाँको कृषि फर्ममा बदिया भाले समेत पालिएका छन् । एउटा बदिया भालेलाई तिन हजारका दरले बिक्रि गरिएको बताउनुभयो । सुरुमा शान्ति बाल गृह संस्थामा कार्यरत उहाँ पाँच बर्ष यता भने अपांग मानव अधिकार एवं सरोकार मञ्चमा जोडिदै आउनुभएको छ । घर्ती हाल मंचको उपाध्यक्षको पदमा कार्यरत हुनुन्छ ।

सामाजिक क्षेत्रमा काम गर्ने क्रममै कृषि क्षेत्रमा आर्कर्षित भएको बताउनुभयो । “घरपरिवार तथा माइती परिवारले नगर भन्दै हुनुन्थ्यो, तर मैले गर्छु भनेर आफ्नै लगानीमा सुरु गरेकी हुँ, अहिले राम्रो भएको छ”उहाँले भन्नुभयो । तर लकडाउनको समयमा भने केही समस्या भएको थियो । व्यावसाय र बजारमा राम्रो भए पनि लोकल कुखुरा पालनका लागि बच्चाहरु ल्याउन समस्या भएको भोगाई सुनाउनुभयो । आगामी दिनमा व्यावसायलाई बढावा दिदै लैजाने सोँच बनाएको उहाँको भनाई छ । केही समयमै नयाँ ह्याचरी मेसिन ल्याउन थालेको बताउनुभयो । “नयाँ ह्याचरी मेसिन आउदैँछ, मेसिन आए संगै एकै पटक एक हजार ४० बच्चा उत्पादन हुन्छ, उहाँले भन्नुभयो । उहाँका अनुसार सुरुमा करिव ६ लाख रुपैँयाको लगानीमा व्यावसाय सुरु गरिएको थियो । हाल बार्षिक रुपमा खर्च कटाएर तिन लाख बढी बचत हुने गरेको जानकारी गराउनुभयो ।

प्रकाशित मिति : २०७७ पुष ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्