२०७८ बैशाख ६ गते सोमवार

गौमुखिको ८ औ साधारण सभा सम्पन्न



 ५ पुस।

गौमुखि बचत तथा रिण सहकारी सस्थाको ८ औ साधारण सभा शनिबार लमहीमा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर छका वडा अध्यक्ष बिम बहादुर केसिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीले  छरिएर रहेका पुजिलाई एकत्रित गरि साना उधम ब्याबसाय सचालन गरेर नागरिकलाई स्वरोजगारको अबसर श्रृजना गर्न अहम भुमिका खेलेको बताएका थिए । सो अबसरमा बोल्दै लमही नगरपालिका वडा नम्बर छका वडा अध्यक्ष एबम कार्यक्रमका प्रमुख अतिथि बिम बहादुर केसिले थोरै थोरै पैसा जम्मा गरेर बिपन्न समुदायका मानिसहरुलाई सजिलो तरिकाले कर्जा प्रर्बाह गरि आयआर्जन गरेर आत्म निर्भर बनाउन सहयोगि भएको बताउनुभयो ।

कार्यक्रममा कोषध्यक्ष दामोदर पन्डितले आर्थिक र सस्थाको बार्षिक प्रगति प्रतिबेदन सचिब मिनराज घिमिरेले प्रस्तुत गर्नुभएको थियो । साधारण शभाले नया कार्य समिती पनी चुनेको छ । अध्यक्षमा पदम प्रसाद शर्मा, उपा अध्यक्षमा अन्जु भुसाल ,सचीब दामोदर पण्डीत , कोषा अध्यक्षमा रिषिराम आर्चाय ,सदस्यहरुमा बाशुदेब गौतम बल बहादुर राण तिर्थराज पोख्रेल सिमा बस्नेत , सुनीता रेग्मी , लेखा सयोजक गोबिन्द पुलामी , नमा पोख्रेल , सरद सागर देबकोटा रहनु भएको छ । पदम प्रसाद गोराथोकिको स्वागत मन्तब्यबाट शुर भएको कार्यक्रमको सचालन मिनराज घिमिरेले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०७७ पुष ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्