२०७९ मङ्सिर २१ गते बुधवार

“जीवन यहाँ यस्तै छ” बोलको गीत सार्वजनिक



५ पुस ।
जीवन यहाँ यस्तै छ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। उदयपुर मिडिया हबले निर्माण गरेको उक्त म्युजिक भिडियो अहिले बजारमा राम्रो प्रतिक्रिया पाईरहेको छ । उक्त गीतको शब्द, संगीत र स्वर प्रेम सेन्चुरीको रहेको छ भने उनलाई वरिष्ठ गायिका सपनाश्रीले साथ दिएकी छन्।
नेपाली घरगाउॅको जनजीवनको पिडालाई यथार्थमा उतार्ने प्रयास गरिएको उक्त गीतको म्युजिक भिडियो वास्तवमै स्तरीय बनेको छ।

म्युजिक भिडियोमा कलाकारहरु अप्सरा चाम्लिङ राई, परिस्मा राई, गणेश प्रदेशी, दिनेश राई(कान्छा)ले अभिनय गरेका छन् भने स्वयंम गायक प्रेम सेन्चुरीले समेत अभिनय गरेका छ्न्। यस म्युजिक भिडियोको निर्देशन उदयपुर मिडिया हबका सदस्य प्रेम जंग किरॉतीले गरेका हुन्।
यस गीतलाई संयुक्त राज्य अमेरिका र उदयपुर जिल्लाकै चौदण्डिगढी नगरपालिकाको गढन्तामा छायांकन गरिएको हो।

भिडियो हेर्नुहोस.

 

प्रकाशित मिति : २०७७ पुष ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्