२०७८ असार १० गते बिहिवार

सानीभेरी जनप्रवाह कृषि सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न

भुपाल सिंह ओलीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन


४ पुस । रूकुम पश्चिमको सानीभेरी गाउँपालिकामा रहेको सानिभेरी जनप्रवाह कृषि सहकारी संस्था लिमिटेडको १२ औं साधारणसभा सम्पन्न भएको छ । सानिभेरी गाउँपालिका ७ छोटेबगर सहिद स्मृति भवनमा भएको साधारणसभाले भुपालसिं ओली (पृथ्वी)को अध्यक्षतामा ९ सदस्यीय कार्य समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा बिरसिं विक, सचिबमा टेकबहादुर पुन बिशाल, कोषाध्यक्षमा नौमति डाँगी ओली चयन हुनुभएको छ ।
साधारणसभामा हालसम्मको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन , वार्षिक बजेट तथा कार्यक्रम पेस गरिएको थियो ।

सभामा गाउँपालिका अध्यक्ष नरबहादुर पुनको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा नेकपा कर्णाली प्रदेश कमिटी सदस्य विर्खबहादुर विष्ट, भुपाल सि ओली, नेकपा सानिभेरी गाउँकमिटि अध्यक्ष टेकबहादुर पुन सानिभेरी गाउँपालिका उपाध्यक्ष ईन्दिरा ओली लगायतको उपस्थिती रहेको थियो । सहकारीका निवर्तमान अध्यक्ष जगदीश नकालको अध्यक्षता रहेको कार्यक्रमको सहजिकरण टेक बहादुर पुनले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७ पुष ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्