२०७९ जेष्ठ २ गते सोमवार

घोराहीमा श्रीमतिको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ



४ पुस ।  दाङमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन ।

जिल्लाको घोराही उपमहानगरपालिका–३ मोहननगर टोल बस्ने ४२ वर्षीय राजकुमार सार्कीलाई शनिबार बिहान प्रहरीले गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
राजकुमारले आफ्नै ३७ वर्षीया श्रीमती देवा सार्कीलाई कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङ र प्रहरी चौकी गोग्लीबाट प्रहरी घटना स्थलमा पुगेको थियो ।

प्रहरीले घाइतेलाई उद्धार गरी उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ पठाएकोमा उपचारको क्रममा देवाको मृत्यु भएको हो । उक्त घटनाबारे आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ पुष ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्