२०७८ बैशाख २ गते बिहिवार

जनताका हातमा लालपुर्जा पुग्छ : गाउँपालिका अध्यक्ष पौडेल



४ मंसिर । बबई गाउपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले जनताका हातमा लालपुर्जा पुर्याउने बताउनु भएको छ । बबई गाउँपालिका ६ कौशिलापुरमा भएको भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि गरिएको अभिमुखिकरण कार्यक्रममा अध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो ।
गाउपालिकाले लालपुर्जा बितरणका लागि स्थानीय गाउँ बस्तीमा कर्मचारी खटिएको बताउनुभयो ।कसैको भ्रममा नपरी कर्मचारीले सोधे अनुसारको सूचना गर्न समेत आग्रह गर्नुभयो । दुई किसिमका फारम रहेको भन्दै कर्मचारीले सोधेका आधारमा फारम भर्न आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा उपाध्यक्ष साबित्रा बिश्वकर्माले पालिकाले ल्याएको कार्यक्रमलाई सहयोग गर्न आग्रह गर्नुभयो । जनतामा उत्साह छाएको भन्दै लालपुर्जा जसरी पनि बितरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
वडा अध्यक्ष रामबहादुर डाङ्गिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपाका बबई सचिब डिल्लीबहादुर बुढाथोकी, नेपाली काङ्ग्रेसका उपसभापति पिमलाल खत्रीले बोल्नुभएको थियो । वडा सदस्य बिनोद वलीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिब दिलिप केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७ पुष ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्