२०७८ साउन १९ गते मङ्गलवार

२८ औं स्थापना दिवसका अबसरमा सम्मान तथा पुरस्कार वितरण



३ पुस ।
प्रगतिशिल लेखक संघ नेपाल दाङ शाखाको २८ औं स्थापना दिवसका अबसरमा सम्मान तथा पुरस्कार वितरण आज घोराहीमासम्पन्न भएको छ ।

शाखा अध्यक्ष भुवन देवकोटाको अध्यक्षता तथा पूर्व केन्द्रिय अध्यक्ष डा. अमर गिरीको प्रमुख आतिथ्यता एवं वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यसअबसरमा अग्रज साहित्यकार देवमणी देवकोटालाई सम्मानित गरिएको छ । यसैगरी प्रगति साहित्यकार पुरस्कार नारायण योगीलाई, अनन्त टीका प्रतिमा साहित्य पुरस्कार सविन प्रियासनलाई, जमुना साहित्य पुरस्कार निर्मल आचार्यलाई, गोविन्द चीस साहित्य पुरस्कार सन्तोष दहितलाई र गोविन्द ज्ञवाली साहित्य पुरस्कार मार्फत रिता लामालाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा बोल्दै शाखाका केन्द्रिय सल्लाहकारहरु पद्मप्रसाद शर्मा, केशव थापा, शरद अधिकारी, शशीधर भण्डारी, राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष कमलमणी देवकोटा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने लगाएकाले साहित्यको माध्यम मार्फत प्रतिभालाई निर्खार्दै लेखन शैलीको विकास गर्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा शाखाका सदस्य दुर्गा विकको स्वागत मन्तव्यबाट सुरु भएको स्थापना दिवस तथा सम्मान पुरस्कार वितरण समारोह कार्यक्रमको सहजिकरण साहित्यकार छविलाल कोपिलाले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७७ पुष ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्