२०७८ साउन १८ गते सोमवार

दाङका खसी व्यापारी वलीको साढे १८ लाख लुटियो



३ पुस ।
दाङका एक जना खसी व्यापारी काठमाडौंमा लुटिनुभएको छ । बैंकमा पैसा जम्मा गर्न जाने क्रममा बबई गाउँपालिका वडा नंं २ रामपुर निवासी चुर्ण बहादुर वलीको साथबाट साढे १८ लाख रुपैंया लुटिएको उहाँले बताउनुभएको हो ।
वलीले काठमाडौंको कलंकीमा रहेर खसीको व्यापार गर्दै आउनुभएको थियो । उहाँका अनुसार काठमाडौंको बसपार्क नजिक रहेको कुमारी बैंक देखि एभरेष्ट बैंक तर्फ जाँदै गर्दा मंसिर २९ गते लुटपात भएको वलीले बताउनुभएको छ ।

बालाजु प्रहरी चौकीमा रिपोर्ट दर्ता गरे पनि अहिले सम्म कुनै पत्ता नलागेको उहाँले बताउनुभयो । प्रहरीले बैंकको आसपासमा रहेका सबै सीसीटीभी फुटेज हेरे पनि कुनै पनि प्रमाण फेला नपरेको प्रहरीले बताएको उहाँको भनाई छ ।।

प्रकाशित मिति : २०७७ पुष ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्