२०७८ असोज १ गते शुक्रवार

साहारा विहिन बालबालिकालाई आर्थिक सहयोग



२ पुष । तुलसीपुरका विभिन्न स्थानका साहारा विहान बालबालिकालाई आथिर्क सहयोग गरिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङ र युनिसेफको साझेदारीमा सन्चालित कोभिड १९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत बाल संरक्षण कार्यक्रम मार्फत नवजात शिशु सहित तिन जनालाई जनही पाँच हजारका दरले पन्ध्र हजार रुपैया आर्थिक सहयोग गरिएको रेडक्रसका लुम्बिनी प्रदेशका कार्यक्रम अधिकृत विश्राम अधिकारीले जानकारी दिएका छन् ।
उनका अनुसार तुलसीपुर उपमहानगरपालिका ४ नयाँबस्तीकी बस्ने तिला पुनको दिदीभाईलाई जनही पाँच हजारका दरले दश हजार रुपैया नगद सहयोग गरिएको हो । उनीहरु अहिले अभिभावक विहिान अवस्थामा घरमा एक्लैबस्दै आएका छन् ।

अभिभावक विहिन भएर बसेका उनीहरुको घर जंगलको छेउमा रहेको छ । यस्तैगरी तुलसीपुर १० नयाँगाउँ बस्ने एक नवजात शिशु(एक महिना)लाई पनि पोषणका लागी पाँच हजार रुपैया आर्थिक सहयोग गरिएको अधिकारीले जानकारी दिएका छन् ।उनीहरुलाई विहिवार एक कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरिएको हो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठ, कोभिड १९ फोकल पर्सन बिमल केसी, आहा तुलसीपुर अभियानका संयोजक दिपक काफले, पत्रकारहरु गोपाल शर्मा भट्टाई, सुमन केसी र उमा भण्डारीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ पुष २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्