२०७८ जेष्ठ २ गते आइतवार

लमहीमा मोटरसाईकल दुर्घटना हुदा दुईजना घाईते



२ पुष । लमहीमा मोटर साईकल दुर्घटनामा परी दुईजना घाईते भएका छन् ।

लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्जमा बिहीबार अनियन्त्रित भई मोटरसाईकल पल्टिदा दुईजना घाईते भएका हुन् ।

पश्चिमबाट पुर्ब तर्फ आँउदै गरेको रा ३ प ६०६० नम्बरको मोटर साईकल दिउँसो १ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परी लमही नगरपालिका वडा नम्बर ९ निवासी चालक ५० बर्षिय लिला वलीको खुट्टा र मुखमा गहिरो चोट लागेको छ भने लमही-९ तेलिया निवासी ५६ बर्षिय नर बहादुर केसी  सामान्य घाईते भएका छन् ।

अटोलाई ओभरटेक गर्ने क्रममा मोटरसाईकल अनियन्त्रित भएको हुनसक्ने ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

प्रकाशित मिति : २०७७ पुष २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्