२०७८ जेष्ठ १ गते शनिवार

४ महिनापछि जोरबिजोर प्रणाली हट्यो



२ पुस ।
काठमाडौंमा यातायातका साधनमा लाग्दै आएको जोरबिजोर प्रणाली अन्त्य भएको छ ।
आज जिल्ला प्रशासन कार्यालयमा बसेको प्रशासनका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, यातायात व्यवस्था विभागका प्रतिनिधि तथा यातायात व्यवसायी तथा मजदुरबीचको बैठकले ४ महिनादेखि लाग्दै आएको जोरबिजोर प्रणाली अत्य गर्ने निर्णय गरेको हो ।

यसअघि विभागले जारी गरेको स्वास्थ्य मापदण्ड भने व्यवसायीले पालना गर्नुपर्ने सहमति समेत भएको छ । गत साउन २१ गतेदेखि यातायातका साधनमा जोर बिजोर प्रणाली लागू भएको थियो ।

आजको निर्णयसँगै भोलिदेखि यातायातका साधनमा जोर बिजोर प्रणाली लागू हुने छैन । व्यवसायीहरुले अन्य क्षेत्र खुलेपनि यातायात क्षेत्रमा जोर बिजोर लागू गर्नु अर्थहीन रहेको भन्दै हटाउन माग गर्दै आएका थिए ।।

प्रकाशित मिति : २०७७ पुष २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्