२०७८ साउन १८ गते सोमवार

लुम्बिनी प्रदेशमा ९ लाख ६७ हजार बढी नागरिक सहकारीमा आवद्ध



२ पुस ।
लुम्बिनी प्रदेशमा ९ लाख ६७ हजार बढी नागरिक सहकारीमा आवद्ध भएका छन् । प्रदेश योजना आयोगको तथ्यांक अनुसार प्रदेशका विभिन्न प्रकृतिका ४ हजार ४३ सहकारीमा ९ लाख ६७ हजार २ सय २३ शेयर सदस्य रहेको देखिएको छ ।

नेपाल भरका सहकारीमा रहेका शेयर सदस्यहरुको कूल संख्याको १५ दशमलव ३ प्रतिशत लुम्बिनी प्रदेशमा रहेका छन् । आयोगले दुई वर्षअघि संकलन गरेको तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै कृषि सहकारी संस्था रहेका छन् ।

प्रदेशमा १ हजार ७ सय ४१ सहकारी संस्था कृषि सहकारी संस्था रहेका छन् । त्यसैगरी लुम्बिनि प्रदेशमा बचत तथा ऋण सहकारी १३ सय १ वटा, बहुउद्देश्यीय ४ सय ८१ वटा, दुग्ध १ सय ४१ र अन्य ३ सय ७९ वटा रहेका छन् ।
लुम्बिनी प्रदेशका सहकारीमा ६० अर्ब १० करोड रुपैयाँ शेयर लगानी भएको देखिएको छ भने २ खर्ब ६४ अर्ब २० करोड बचत र ३ खर्ब ६९ अर्ब कर्जा प्रवाह भएको छ ।

शेयर लगानी र निक्षेप परिचालनका हिसाबले नेपालको क्रमशः ८ दशमलव २ प्रतिशत र ८ दशमलव ७ प्रतिशत हिस्सा लुम्बिनी प्रदेशका सहकारीले ओगटेका छन् । ऋण लगानीमा पनि नेपालभरका सहकारी मध्ये लुम्बिनी प्रदेशका सहकारीमा ११ दशमलव २ प्रतिशत भएको देखिएको छ ।।

प्रकाशित मिति : २०७७ पुष २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्