२०७८ साउन १८ गते सोमवार

दाङमा एक सातामा तीन विद्यार्थीको मृत्यु, दुर्घटना रोक्न विद्यालय अभियान



१ पुस ।
दाङमा प्रहरीले सवारी साधन दुर्घटना रोक्नका लागि विद्यार्थीहरुलाई सचेत पार्ने अभियान सुरु गरेको छ । एक सातामा ३ जना विद्यार्थीको मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएपछि प्रहरीले विद्यालय तथा क्याम्पसहरुमा ट्राफिक नियमका बारेमा सचेतना अभियान सुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपी सुमित खड्काले आज एक प्रेस विज्ञप्ती जारी गरि विद्यार्थीहरु ट्राफिक नियमको पालना नै नगरि सवारीका साधन कुदाउदा दुर्घटना बढ्न थालेपछि सचेतना अभियान सुरु गरेको जानकारी दिनुभएको छ ।

विद्यार्थीहरुले मोटरसाईकल तिब्र गतिमा चलाउने, लाइसेन्स नभएका र अन्य कागजपत्र समेत नबोकेको फेला परेको प्रहरीको भनाई छ ।

प्रहरीले पहिलो चरणमा विद्यालय तथा क्याम्पसमा पुगेर चालक अनुमती पत्र नभई सवारी साधन नचलाउने, ट्राफिक नियमका बारेमा जानकारी गराउने र दोस्रो चरणमा अटेरी गरे आबस्यक कार्वाही गरि परिवारको जिम्मा लगाउने गरि अभियान चलाईएको डिएसपी खड्काको भनाई छ ।

प्रहरीले ६ जना विद्यार्थी चालकलाई नियन्त्रणमा लिएर आबस्यक कार्वाही र सचेत पारेको समेत बिज्ञप्तीमा उल्लेख छ । प्रहरीले जिल्लाभरका ३ दर्जन प्रहरी इकाईलाई विषेश निगरानी र अभियान चलाउन निर्देशन दिएको समेत प्रहरीले जनाएको छ ।

अनेक प्रयास गर्दै आएपछि दाङमा सवारी साधन दूर्घटना न्यूनिकण हुन सकेको छैन् । दाङमा बर्षेनी ७० जना भन्दा बढीले सवारी दुर्घटनामै परेर ज्यान गुमाउने गरेका छन् भने सैयौ व्यक्तिहरु अंगभंग हुने गरि घाईते भएका छन् ।

चालु आर्थिक बर्षको ५ महिनामा जिल्लामा सवारी दुर्घटनामा परि ३४ जनाको मृत्यु भैसेकको छ । ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार साउन देखी मंसिर अन्त्य सम्म एक सय ४० वटा सवारीका साधन दुर्घटनामा संलग्न भएका छन् ।।

प्रकाशित मिति : २०७७ पुष १ गते बुधवार
प्रतिक्रिया दिनुहोस्