२०७८ असोज ११ गते सोमवार

रुकुम पश्चिममा २ किलो ७ सय ग्राम अफिम सहित एक जना पक्राउ



३० मंसिर। 

रुकुम पश्चिममा २ केजी ७ सय ग्राम अफिम सहित १ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सानीभेरी गाँउपालिका वडा नं ६ कोट बस्ने ५३ वर्षिय बहादुर कुसारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । लागु औषध नियन्त्रण ब्यूरो कर्णालि पदेश र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलिले राती करिब एक बजेको समयमा सानीभेरी गा.पा.वडा नं.३ गरायला स्थित सडक बाटोमा शंकास्पद हिडिरहेका सुचनाको आधारमा खान तलासी गर्दा कुसारीको साथबाट करिव २केजी ७ सय ग्राम लागु औषध अफिम सहित फेलापरेको हो ।

कुसारीले बोकेको झोला भित्र प्लाष्टिक पोका बनाई राखेको अबैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ पोका तौल गर्दा २ केजी ७ सय ग्राम फेला पारे लगतै नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिएका छ्न ।

प्रकाशित मिति : २०७७ मङ्सिर ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्