२०७८ भाद्र ३१ गते बिहिवार

मंगलवार पनि सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य भने स्थिर



मंसिर ३०। मंगलवार पनि नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । गत कारोबार दिन अर्थात् सोमवार रू। १०० ले घटेको सुनको मूल्य मंगलवार पनि रू। १०० ले नै ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू। ९२ हजार ३०० मा कारोबार भएको छ ।
सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू ९२ हजार ४०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू। १०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू। ९१ हजार ८५० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू। ९१ हजार ९५० मा कारोबार भएको थियो ।
यस्तै, मंगलवार पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमवार चाँदी प्रतितोला रू। एक हजार २०० मा कारोबार भएको थियो । मंगलवार पनि चाँदी रू। एक हजार २०० मा नै कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्