२०७८ बैशाख ९ गते बिहिवार

दाङमा मोटरसाईकल ट्रकसंग ठोक्किदा चालकको मृत्यु



३० मंसीर –दाङमा ट्रकमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
(हिजो)सोमबार राती पूर्व पश्चिम राजमार्गमा अन्तर्गत पर्ने राप्ती गाउँपालिका वडा नं. ८ बिजौरीमा भालुबाङ्गबाट लमही आउदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकि राखेको लु १ ख ७००६ नम्बरको ट्रकको पछाडी ठोक्किएको हो । मोटरसाईकल ठोक्किददा राप्ती गाउँपालिका वडा नं.७ निवासी २७ बर्षिय अनिल चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ ।
स्थानीय मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारको लागी लमही ल्याउदै गर्दा चौधरीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्