२०७८ असोज ११ गते सोमवार

दाङ बबईका ३२ वर्षीय एक युवाको भारतमा मृत्यु



२९ मंसिर। भारतको गोवामा एक नेपालीको मृत्युु भएको छ । विगत केही वर्षदेखि रोजगारीको सिलसिलामा भारतको गोवामा कुक काम गर्दै आएका दाङ बबई गाउँपालिका वडा नम्बर पाँच निवासी ३२ वर्षीय भिम बुढाथोकीको गएराति मृत्यु भएको हो ।

हिजो बेलुका स्वास्थ्यमा अस्वस्थता महशुस भएको थियो । त्यसपछि उपचारका लागि उनी कार्यरत होटलले उनलाई साउथ गोवा वास्पिसो अस्पतालमा भर्ना गराएको थियो । उनको मृत्यु उपचारकै क्रममा भएको मृतकका होटल मालिकले जानकारी दिए ।

उनको मृत्यु के कारणले भयो भन्नेबारे पोस्टमार्टम रिपोर्ट आइसके पछि थाहा हुने गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाले बताए । मृतकका श्रीमती सहित एक छोरा छन् ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्