२०७८ असार ९ गते बुधवार

दाङमा करिव १ महिनाको अवधिमा ३ वटा गाडीमा आगलागी



२९ मंसिर ।
दाङमा एक महिनाको बिचमा ३ वटा गाडीमा आगलागी भएको छ । गत कार्तिक २२ गते गढवा गाउँपालिका १ कालाकाँटेमा चन्द्रौटाबाट घोराही आउदै गरेको ना ५ ख ३६६ नम्बरको बसमा आगजनि भएको थियो । त्यसलगतै मंसिर १० गते घोराही लमही सडक खण्डको मसोटमा लु २ ख १०२७ नम्बरको ट्रकमा आगजनी भएको थियो भने मंसिर २९ गते सोमबार चलिरहेको बसको ब्याट्रीको तार सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।
यसरी सवारीका साधनमा हुने आगजनी विद्युतीय तारहरु नै सर्ट भई हुने गरेको पाईएको ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७७ मङ्सिर २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्