२०७८ साउन १२ गते मङ्गलवार

लुम्बिनी प्रदेशमा कोरोनाका सक्रिय संक्रमित १७ सय बढी



२९ मंसिर ।
लुम्बिनी प्रदेशमा कोरोनाका सक्रिय संक्रमित १७ सय बढी रहेका छन् । प्रदेशका १२ जिल्लामा अहिलेसम्म १ हजार ७ सय ३० जना सक्रिय संक्रमित रहेको प्रदेशको जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा १२ जिल्ला मध्ये अहिले सक्रिय संक्रमित सबैभन्दा बढी रुपन्देहीमा र सबैभन्दा कम रुकुमपूर्वमा रहेका छन् । निर्देशनालयको पछिल्लो तथ्यांक अनुसार रुपन्देहीमा ४८७ जना सक्रिय संक्रमित रहेका छन् भने रुकुमपूर्वमा ३ जना सक्रिय संक्रमित रहेका छन् ।

रुपन्देहीपछि बाँकेमा ३०६, दाङमा २२९, नवलपरासी पश्चिमा १८२, पाल्पामा १७१ , बर्दियामा ११३, कपिलवस्तुमा १११ जना सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी गुल्मीमा ५१, अर्घाखाँचीमा ४२, प्युठानमा ३० र रोल्पामा ५ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित मध्ये लक्षणसहित संक्रमित २६७ जना रहेको निर्देशनालयले जनाएको छ । लुम्बीनी प्रदेशमा सक्रिय संक्रमितको दर पछिल्लो समय घट्दै गएको छ । करिब एक साताअघि २ हजार बढी सक्रिय संक्रमित रहेकोमा पछिल्लो एक सातामा घटेर १ हजार ७ सयमा झरेको छ ।।

प्रकाशित मिति : २०७७ मङ्सिर २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्