२०७८ असोज ११ गते सोमवार

घोराहीमा रहेको फ्रेन्ड्स फोटो एण्ड साइबरको उद्घाटन कार्यक्रम सम्पन्न



२८ मंसिर । घोराही उपमहानगरपालिका वडा नं १५ मा रहेको फ्रेन्ड्स फोटो एण्ड साइबरको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । ग्राहकहरुको मागलाई मध्यनजर राख्दै घोराहीमा भर्खरै खुलेको घोराही विजनेश एण्ड पार्कमा उक्त पसल रहेको छ ।

कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालको प्रमुख आतिथ्यता एवम फ्रेन्ड्स फोटो एण्ड साइबरका सन्चालक किसन वलीको सभाध्यक्षतामा सम्पन्न भएको थियो । फ्रेन्ड्स फोटो एण्ड साइबरका सन्चालक राम प्रसाद भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण हास्य कलाकार कमल गाउँलेले गरेका थिए । उक्त कार्यक्रममा विभिन्न संघसस्थामा आवद्ध व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७७ मङ्सिर २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्