२०७८ कार्तिक १ गते सोमवार

बालुवाटारमा सुरु भयो नेकपा स्थायी समिति बैठक , ओली पनि सहभागी



२६ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली आएपछि बैठक सुरु भएको हो ।

स्थायी कमिटी बैठकमा नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको जनाइएको छ ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यसअघिको बैठकमा आफू सहभागी नहुने भनी पत्र पठाउनुभएको थियो । आइतबार भने उहाँ सहभागी भएपछि बैठक सुरु भएको हो ।

प्रकाशित मिति : २०७७ मङ्सिर २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्