२०७८ कार्तिक १ गते सोमवार

घोराहीमा हुदै गरेको बाल विवाह रोकियो



२८ मंसिर ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्वर १ हर्नोकमा हुदैगरेको बाल विवाह रोकिएको छ । अम्विका मावि हर्नोकमा कक्षा ७ मा अध्ययनरत १५ वर्षिय बालिकाको सोही वडाका अठ्ठाईसेका २८ वर्षिय युवकसँग गत बुधबार हुन लागेको बाल विवह बाल क्लवको सक्रियतामा रोकिएको हो ।

बाल क्लवका पदाधिकारीसहित विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितीको सहभागितामा केटा र केटी दुबै पक्षलाई बाल विवहको कानुनी व्यवस्था, साजिक प्रभाव र यसका नकारात्मक असरका बारेमा सचेत पार्दैै बाल विवाह रोकिएको अम्विका मावि हर्नोकका शिक्षक ईश्वरीप्रशाद पाण्डेले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७७ मङ्सिर २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्