२०७८ बैशाख ५ गते आइतवार

जग्गेबाटै बेहुला-बेहुली सहित जन्ती प्रहरीको नियन्त्रणमा



२८ मंसिर । जिल्लामा बालविवाह गर्ने दुई जना बेहुलासहित जन्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनकोसी गाउँपालिका ४ भोर्लेनीमा १५ वर्षीय र वडा नम्बर ३ मरुवाबेँसीमा १७ वर्षीया बालिकालाई विवाह गर्ने बेहुला सहित जन्तीलाई शुक्रबार नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

प्रहरीका अनुसार दुबै विवाहका बेहुली विवाह गर्ने उमेर नपुगेकाले बेहुलासहित जन्तीलाई नियन्त्रणमा लिएको हो।

भोर्लनीमा बेहुलीको घरमा जाँदै गरेका रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका १ निवासी २५ वर्षीय बेहुलासहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने , मरुवाबेंसीमा महोत्तरी बर्दिवासका २२ वर्षीय बेहुलासहित अन्यलाई जग्गेबाटै नियन्त्रणमा लिइएको गोरखापत्रमा प्रकाशित छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्