२०७८ असार ९ गते बुधवार

लापर्वाहीले कोरोनाको जोखिम बढ्दै : जय नारायण आचार्य



२६ मंसिर ।
जिल्ला प्रशासन कार्यालय दाङले कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा अनिबार्य गर्न सबैलाई आग्रह गरेको छ । कोरोनाबाट संक्रमित र मृत्युको संख्या नरोकिएको भन्दै स्थानिय प्रशासनले लापर्वाही नगर्न सबैलाई आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले स्वास्थ्य सतर्कता अपनाउने तर्फ विद्यालय र समुदाय स्तरमा सचेतना मूलक कार्यक्रम गर्दै आएको उल्लेख गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी आचार्य सहित सुरक्षा निकायका टोलीले गर्दै आएको अनुगमनका क्रममा स्वास्थ्य सुरक्षा मापदण्ड पालना कमजोर देखिएको पाईएको छ ।

भिडभाड गर्ने, मास्क नलगाउने र कोरोना केही होईन भन्ने सोचको विकास हुदै गएको भन्दै उहाँले उक्त कार्यले आफुलाई नै क्षति पु¥याउने उल्लेख गर्नुभएको छ ।

दंगीशरण गाउँपालिका क्षेत्रमा पनि बिद्यालयहरुमा अपनाईएको सचेतनाको अनुगमन गर्दै उहाँले अनुशासित बन्न सबैलाई अपिल गर्नुभएको हो । दाङमा झण्डै एक महिना देखी बजार र विद्यालयहरुको अनुमन हुदै आएको छ ।

कोरोना संक्रमण बढ्दै जाँदा नागरिकहरुले झनै लापरवाही गरेको पाईएपछिसचेतना फैलाउन सडक देखी बिद्यालयसम्म पुग्ने गरेको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाई छ ।

विद्यार्थीहरु मार्फत सचेतना अभिभाबक र समाजमा सहजै पुग्ने भएकाले पनि विद्यालय केन्द्रित अभियान बनाईएको उहाँले बताउनुभयो ।।

प्रकाशित मिति : २०७७ मङ्सिर २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्